गृहपृष्ठ खबर लकडाउनको स्वरुपलाई परिवर्तन गर्न चौतर्फी दबाब बढेपनि सरकार भने अलमलमा

लकडाउनको स्वरुपलाई परिवर्तन गर्न चौतर्फी दबाब बढेपनि सरकार भने अलमलमा

वैशाख २५ गतेपछि जारी ‘लकडाउन’को स्वरुप कस्तो बनाउने भन्ने विषयमा सरकार अलमलमा परेको छ ।

लकडाउनको स्वरुपलाई परिवर्तन गर्न चौतर्फी दबाब बढेपनि सरकारले अब कसरी अघि बढ्ने भन्ने विषय टुंग्याउन सकेको छैन ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा २५ गते पूरा हुने लकडाउनपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल र विगतको कामको समीक्षा भएपनि ठोस निष्कर्ष भने निस्कन सकेन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गृह मन्त्रालयको आग्रहमा लकडाउनको ‘मोडालिटी’ कस्तो बनाउने भन्ने गृहकार्यको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको बताए ।

मंगलबार (भोलि) बस्ने उच्चस्तरीय समितिको बैठकले खाका तयार गरेर मन्त्रिपरिषद्मा बुझाउने बताइएको छ ।

सम्बन्धित् समाचार