कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं ८ ले कोभिड १९ नोबेल कोरोना भाइरसको लकडाउनबाट प्रभावित बिपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने गरेका १०५ घरधुरीका नागरिकहरुलाई राहत वितरण सम्पन्न गरेको वडा अध्यक्ष कपिलदेव तिवारीले जानकारी दिनुभयो ।
जस अनुसार प्रति घरदुरि २५ किलो चामल,२ किलो दाल,१ लिटर तेल १ किलो नून २ वटा सबुनका दरले २८क्विन्टल ५० किलो चामल, २ क्विन्टल द्दड किलो दाल,११४ लिटर तेल तथा ११४ पोका नून र २२८ ओटा साबुन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । राहत वितरण शान्तीपुर्ण रुपमा भएको छ। साविक हरिहरपुर गाविसका उधोग,किराना पसल,इट्टा भट्टा, काठ मिल, समाजसेवी , बुद्धिजिवि तथा वडा अध्यक्षको संयुक्त प्रयासमा पहिलो चरणको राहत वितरणमा छुटेकालाई राहत वितरण गरिएको हो।यसरी राहत वितरण गरि आफुहरुलाई सहयोग गरेकोमा स्थानीयले सहयोग गर्ने सम्पुर्ण दातालाई धन्यवाद दिएका थिए ।