गृहपृष्ठ खबर एनएमबि बैंक बनगाइ शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

एनएमबि बैंक बनगाइ शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

प्रकाशित मिति:

वैशाख २४ , कपिलवस्तु

एनएमबि बैंक लि. बनगाइ शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा  खाद्य सामाग्री सहयोग गरेको छ ।

एनएमबि बैंक लि. बनगाइ शाखाले बांणगगा नगरपालिका वडा नम्बर ७ मार्फत नगरको राहत कोषमा सामाग्री सहयोग गरेको हो

एनएमबि बैंक बनगाइ शाखाका प्रमुख केशर सिंह टन्डन र बाणगंगा नगरपालिका वडा नम्बर ७ वडा अध्यक्ष्य बिष्णु गिरीको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन बैंकले यस् प्रकारको सहयोग  गरेको बनगाइ शाखाका प्रमुख केशर सिंह टन्डनले वैखरी अनलाइन लाई बताउनु भयो ।

एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।

 

बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका , मायादेवी गाउँपालिका,बाणंगगा नगरपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको छ l

एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना

एनएमबि बैंकले ल्यायो फेसबुक च्याट मार्फत खाता खोल्न सकिने नयाँ योजना

सम्बन्धित् समाचार