गृहपृष्ठ खबर नेपालगञ्जमा २२ कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा १९० जना रहेको खुल्यो

नेपालगञ्जमा २२ कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा १९० जना रहेको खुल्यो

प्रकाशित मिति:

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुसँग सम्पर्क र भेटघाट भएका सबैको पहिचान गरिएको कट्याक ट्रेसिङमा संलग्न अधिकारीहरुले बताएका छन् ।

नेपालगञ्जमा पहिलो पटक १९ वैशाखमा ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । डीएसपी रोडका उनी महेन्द्रपार्कस्थित अन्सारी मस्दिजमा अजान गर्थे र घरघरमा गएर बालबालिकालाई उर्दु भाषा पढाउँथे ।

उनको सम्पर्कमा आएका ९४ जनाको पहिचान गरी परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखियो ।

थपिएका संक्रमितको सम्पर्कमा आएका १९० जनाको पहिचान गरेर स्वाब संकलन गरिएको छ । ‘हिजो हामीले ५४ जनाको स्वाब संकलन गरेका थियौं, आज थप बुधबार १३६ जनाको स्वाब संकलन गर्‍यौं’ जनस्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठले भने, ‘२२ जना संक्रमितको कन्ट्याक ट्रेसिङ लगभग सकियो ।’

संकलित सबै नमुनाको परीक्षणका लागि नेपालगञ्जकै भेरी अस्पतालस्थित प्रयोगशाला पठाइएको छ । त्यसमध्ये ३४ वटाको रिपोर्ट आएको छ । सबै नमुनाको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित् समाचार