गृहपृष्ठ खबर आज साँझ शान्तिका लागि घरघरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

आज साँझ शान्तिका लागि घरघरमा दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

 


प्रधानमन्त्री केपी शर्मा ओलीले आज २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।

उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गरेकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह रेका हुन् ।

सम्बन्धित् समाचार