काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परिक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन् । अहिलेकै गतिमा कोरोना परिक्षण गरिए ३ करोड जनताको परिक्षण गर्न करिव २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए ।
कोरोना नियन्त्रण तथा रोकथामका लागी अर्थ मन्त्रालयले स्वास्थ्यलाई ४ अर्व छुट्टयाएको र कोरोना उपचार कोषमा लगभग साडे दुई अर्व रकम जम्मा रहेको अवस्थामा सरकारले दूर्त गतिमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्थामा सरकारी स्रोत, साधन र क्षमताको प्रभावकारीता सिथिल हुन नहुने नेता महरको ठहर छ।
उनले सरकारले पारदर्सिताको कुरालाई पनि सरकारले संगसँगै लैजानुपर्ने बताएका छन्। उनले अहिलेसम्म कोरोनामा खर्च भएको रकम र शीर्षकको बारेमा जनतालाई चाडो जानकारी गराउन माग गरे ।
उनले यस्तो अवस्थामा कसरी चाडो परिक्षण होला भन्दै एउटा तथ्याङ्क समेत सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन्।
यस्तो छ नेता महरको अहिलेसम्मको मूल्याङ्कन
लकडाउन गरिएको जम्मा दिन = ४३
हालसम्म भएको पिसिआर परिक्षण = १४,०९६
औसत १ दिनमा भएको पिसिआर परिक्षण = १४,०९६/४३ = ३२७.८१
नेपालको कुल जनसंख्या = ३,००,००,०००
सबै नेपालीको परिक्षण गर्न लाग्ने अवधी = (३,००,००,०००/३२७.८१) = ९१,५१६ दिन
९१,५१६ दिन = (९१,५१६/३६५) बर्ष = २५० वर्ष
आगामी व्यवस्थापिका संसदको निर्वाचनमा बाँकी दिन (लगमग_ = ९३९











