गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख बढि संक्रमित

अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो, साढे १२ लाख बढि संक्रमित

प्रकाशित मिति:

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्युयोर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ५६ हजार ७८१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।

अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।

सम्बन्धित् समाचार