२६ वैशाख, काठमाडौं । प्रदेश नम्बर ५ को नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।









