गृहपृष्ठ खबर उदयपुरकी थप एक महिलामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरकी थप एक महिलामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

सम्बन्धित् समाचार