नेपाली कांग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । आफ्नै मातृभूमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने प्रेस विज्ञप्ती मार्फत सभापती आर्चायले जानकारी दिनुभएको छ । कपिलवस्तुको सिमा नाका तथा दशगजामा १३ सय नेपालीहरु अलपत्र परेकोले व्यस्थापन गर्ने निकाय गैरजिम्मेवार बन्नु दुखद भएको बताउनुभयो ।
आचार्यले कपिलवस्तुको क्वारेन्टाइनमा बसेको नेपालीलाई स्वाव परिक्षणका लागि किटको अभाव भएकोले यथाशिघ्र किटको व्यस्थापन गर्नुपर्ने संघ र प्रदेश सरकारसगं माग गर्नु भयो । उहाले समुदायलाई कोरोनाबाट बचाउन सबैसँग आग्रह समेत गर्नु भयो ।
भारतबाट लुकिछिपी आउने नेपाली नागरिकका क्वारेन्टिनमा राख्न स्थानिय तहलाई आग्रह गनु भएको छ । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सीमा समस्या समाधानका लागि नेपाली काँग्रेस ऐक्यबद्ध रहेकोले तत्काल समस्या समाधान गर्न अह्वान गरिएको छ ।
लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको समाधान गर्नुपर्ने सभापती आचार्यले बताउनु भयो ।