गृहपृष्ठ Featured बाणगंगाका बैंक र बित्तिय सस्था आइतबार र बुधबार मात्र खुल्ने

बाणगंगाका बैंक र बित्तिय सस्था आइतबार र बुधबार मात्र खुल्ने

प्रकाशित मिति:

वैखरी अनलाइन, बैशाख २९
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका बैकं तथा बित्तिय सस्था आइतबार र बुधबार मात्र खुल्ने भएका छन । बाणगंगा नगरपालिकाले तिन दिनसम्म सिल गरेपछि शुक्रबार बैंक र बित्तिय सस्था खुल्ने त्यसपछि अर्को निर्णय नहुदासम्मका लागी आइतबार र बुधबार मात्र खुल्ने बाणगंगा नगरपालिकाले जनाएको छ । बाणगंगा नगरपालिकाले  तिन दिनसम्म सिल गरेको छ । बाणगंगा नगरपालिका भित्र भारतबाट लुकिछिपि आउनेको संख्या बढेपछि नगरले यस्तो निर्णय गरेको हो ।

 

बाणगंगाका छिमेकि पालिकाहरु मायादेवि, बुद्धभुमी,शुद्धोधन र यसोधारामा कोरोना संक्रमितको संख्या देखिय पछि वाणगंगाले थप सर्तकताका लागि नगरपालिका सिल गर्ने निणर्य गरेको उप प्रमुख चक्र अर्यालले वैखरी अनलाइनलाई बताए । यो संगै खुल्दै आएका कुनैपनी संघ संस्था, बैंक, पसलहरु,उद्योग धन्दा ,कलकारखाना मंगलवार देखि सिल हुने भएका छन् । यस भन्दा अगाडि बाणगंगा नगर क्षेत्रका खाद्यान्यका पसलहरु, बैंकहरु र फाट्य फुट्य गाडिहरु चल्दै आएका थिए ।

नेपाल भारतको सिमामा नेपालीहरु हप्तौदेखि अलपत्र परेकोमा रातको समयमा लुकिछिपि गरी आउने बढेपछि कोरोको त्रास झन बढेको हो । कपिलवस्तुको बाणगंगा नगरपालिकाकाको क्वारेन्टाइनमा ३३ जना पुगेका छन । दुई दिनको अवधिमा १८ जना क्वारेन्टाइनमा थपिएका हुन । क्वारेन्टाइनमा थपिनेको संख्या दैनिकरुपमा बढ्नथाले पछि बाणगंगाले नगरपालिकाले थप सय बेडको निमार्णको तिव्र तयारी गरेको नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए ।

यो संगै बाणगंगा नगरपालिकाले सम्पुर्ण नगरबासिहरुका लागि कतै नआतिएर पुर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको छ । यस्तै बाणगंगा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार भारत बाट लुकिछिपी आउनेको संख्यामा बृद्धि भएपछि स्वास्थ्यकर्मीहरु लाई पनि स्ट्यान्डवाई राखिएको र थप बेडको संख्या बढाउन र्तफ लागिएको उनको भनाई छ ।

सम्बन्धित् समाचार