गृहपृष्ठ Featured बाणगंगा नगरपालिकाद्वारा भारतीय सिमामा अपलत्र ७ नगरवासीको उद्वार

बाणगंगा नगरपालिकाद्वारा भारतीय सिमामा अपलत्र ७ नगरवासीको उद्वार

वैशाख २९
विगत ८ दिन देखि नेपाल भारत सिमा क्षेत्र कृष्णनगरको कुकुरभुकुवामा अलपत्र बाणगंगा नगरपालिकाका ७ जना नगरबासीको नगरपालिका द्वारा उद्वार गरिएको छ छ ।
नगरका विभिन्न वडाहरूमा स्थायी बसोबास रहेका उनिहरूलाइ बाणगंगा नगरपालिकाको पहलमा उद्वार गरिएको हो l
उक्त कार्यका लागि बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेल वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्री , वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म भुसाल लगायतको टोलि सिमा क्षेत्र तर्फ प्रस्थान गरेको थियो  उनिहरूलाई उद्वार पश्चात् आवस्यक सुरक्षा संयन्त्र सहित बाणगंगा नगरपालिकाको क्वारेन्टाइनमा राख्ने  तयारी भएको नगर प्रवक्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले वैखरी अनलाइन लाई जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार