विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण देश लकडाउनमा छ। यस्तो विषम प्ररिस्थितिमा नेकपा बुद्धभुमि ४ का युवा गर्भवती र सुत्केरी महिलाका लागि अन्डा र झुल बोकेर घर घरमा पुगेका छ्न।
लकडाउनका कारण आवश्यक सामाग्री खरिद गर्न नसकेको र कसैले चाहादा चाहादै पनि खरिद गर्न नपाएको बेला नेकपा युवाले बुद्धभुमी न पा को वडा नं ४ का सम्पुर्ण गाउमा पुगेर ७५ जना सुत्केरी र गर्भवती महिलालाई वितरण गरिएको युवा नेता इश्वरी भुसालले बताउनु भयो ।
लेखनाथ खनालको संयोजक्त्वमा युव नेता दीपक भुसाल,चिरन खनाल ,सुनिल खनाल ,बासु पौडेल, बिनु पन्थी, राजेन्द्र श्रेष्ठ, महेश बोहोरा, किरण खनाल, मोहन खड्का ,केशव कुमार ,अम्बिका खनाल, बर्षा लम्साल, इश्वरी प्र भुसाल ,विशाल गिरि,सुनिल खनाल ,शिव खनालको उपस्थिती रहेको थियो।
अन्य वडामा पनि अन्डा र झुल वितरण गरिने संयोजक खनालले बताउनु भयो।