गृहपृष्ठ खबर कपिलवस्तुकाका बिरामी रुपन्देहीका अस्पतालमा घुमेको घुमै !

कपिलवस्तुकाका बिरामी रुपन्देहीका अस्पतालमा घुमेको घुमै !

प्रकाशित मिति:

रुपन्देहीमा अस्पतालहरुले एक बिरामीलाई अस्पतालमा तीनदिनसम्म घुमेको घुमै बनाएका छन् । अस्पतालहरु जिम्मेवारीबाट पन्छिन खोज्दा बिरामीले यस्तो सास्ती खेप्नु परेको हो ।समाचार तयार गर्दासम्म ति बिरामीको भर्ना भइसकेको छैन् ।

लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका विरामीलाई स्वास्थ्यकर्मीले आइसियुमा राख्न आवश्यक छ भन्दै अर्को बुटवलको चौराहा अस्प्ताल पठाइदिएपछि ति बिरामी बुटवलदेखि भैरहवासम्मका अस्पतालमा पुगेका हुन् । तर भैरहवाका अस्पतालले पनि भर्ना नगरेको आफन्तको गुनासो छ ।

कपिलवस्तु नगरपालिका वडा नं. ७ निवासी बर्ष ५७ की शान्ति चौधरी हुन् शनिबार राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएकी थिइन । त्यसपछि उनलाई बुटवलको चौराहा अस्पतलामा उपचार गर्न लगिएको थियो । उनी निको नभएपछि चौराहा हस्पिटलले स्वाब परीक्षण गर्नका लागि भैरहवाको भीम अस्पताल पठाएको थियो ।

भीम अस्पतालले भर्ना नगरेपछि ति बिरामीलाई भैरहवाकै यूनिभर्सल मेडिकल कलेज पुर्याइएको आफन्तले बनाएका छन् । त्यहाँ पनि उनलाई भर्ना नलिइएको बताइएको छ ।

यूनिभर्सल मेडिकल कलेजले पनि बिरामी भर्ना नलिएपछि ति बिरामीलाई पुनः सोमबार दिउँसो करिब तीन बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा आइपुगेका छन् । तर अहिलेपनि उनलाई अस्पतालले भर्ना गरेको छैन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनालले बिरामीलाई आइसियू आवश्यक पर्ने भएको हुदा पुनः यूर्निभर्सल मेडिकल कलेज, भैरहवा पठाउनका लागि समन्वय गरिरहेको जानकारी गराए । बिरामीमा कोरोनाको लक्षण छैन डा। खनालले भने, बिरामी सिरियस भएको र प्रादेशिक अस्प्तालमा आइसियू नहुँदा आइसियू भएको अस्पतालमा पठाउँदैछौं ।

सम्बन्धित् समाचार