कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोनाका नयाँ बिरामी संक्रमण भेटिएका छन् । यससँगै प्रदेश ५ मा संक्रमित हुनेको संख्या ५३ पुगेको छ भने संक्रमित भेटिने जिल्लाको संख्या तीनबाट बढेर चार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार बिहान मात्रै कपिलवस्तुमा १० जना संक्रमित भेटिएकोमा पुनः साँझ प्रदेश ५ मा १३ जना नयाँ संक्रमित भेटिएका हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बर्दिया राजापुर नगरपालिका ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । कोरोना संक्रमणको जाखिमबाट बच्न सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन् ।