गृहपृष्ठ Featured वाणगंगामा नदीमा चोरी निकासि बढयो, आठ ट्याक्टर सशस्त्र प्रहरी पिपराको नियन्त्रणमा

वाणगंगामा नदीमा चोरी निकासि बढयो, आठ ट्याक्टर सशस्त्र प्रहरी पिपराको नियन्त्रणमा

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नदीको नदीजन्य पदार्थको चोरी तस्करी बढेको छ । चोरी निकासि बढेसगै आठ ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको मौका छोपेर रातको समयमा नदीजन्य पदार्थको चोरीको संलग्न आठ ट्याक्टरलाई सशस्त्र प्रहरी कार्यालय पिपरा वेश क्याम्पले नियन्त्रयमा लिएको हो ।

पछिल्लो एक साताको अवधिमा चोरी गरि ल्याएको नदीजन्य पदार्थसहित आठ ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पिपराका प्रमुख चन्द्र बहादुर खत्रीले जानकारी दिउका छन । लकडाउन अगाडि ठेक्का लागेपनि अहिले नदी नदीजन्य पदार्थ निकाल्न पूर्णतया बन्द छ । यो बेला चोर नाकाको प्रयोग गरी वाणगंगा नदीमा चोरी निकासी मौलाउन थालेको छ । बिशेष गरेर बाणगंगाको वडा नः १, २, ७ र ८ मा चोरी निकासि बढेको हो ।

सम्बन्धित् समाचार