कपिलवस्तु, ३० वैशाख । कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । आज दिउसो स्वास्थ्य मंत्रालयबाट जारी प्रेस वक्त्व्य अनुसार नयां संक्रमित भेटिए संगै कपिलवस्तु जिल्लामा संक्रमितको संख्या २९ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् ।











