गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगाको क्वारेन्टाइन बाट २ जना डिस्चार्ज

कपिलवस्तुको बाणगंगाको क्वारेन्टाइन बाट २ जना डिस्चार्ज

प्रकाशित मिति:

बाणगंगा नगरपलिकाको शिद्धार्थ क्याम्पसमा वनाईएको क्वारेन्टाईन बाट दुई जनालाई डिस्चार्ज गरिएको छ । उनिहरुलाई आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि मंगलवार डिस्चार्ज गरिएको बाणगंगा नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ठगराज पैडेलले जानकारि दिए ।उनका अनुसार डिस्चार्ज हुनेहरु बाणगंगा नगरपालिका वडा न. ११ का रहेका छन । उनिहरुलाई होम क्वारेन्टाईनमा बस्ने गरि डिस्र्चाज गरिएको पौडेलको भनाई छ ।

यस्तै नेपाल भारतको सिमामा नेपालीहरु हप्तौदेखि अलपत्र परेकोमा रातको समयमा लुकिछिपि गरी आउने बढेपछि कोरोको त्रास झन बढेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाकाको क्वारेन्टाइनमा ५० जना पुगेका छन । दुई दिनको अवधिमा ३५ जना क्वारेन्टाइनमा थपिएका हुन ।जसमा ४ जना महिला १ जना बालिका र अन्य ४५ जना पुरुष रहेका छन् । क्वारेन्टाइनमा थपिनेको संख्या दैनिकरुपमा बढ्न थाले पछि बाणगंगाले नगरपालिकाले थप ७० बेडको निमार्णको भैसकेको र त्यस्ले पनि अझै नपुग्ने देखिए पछि अन्य थप बेड निमार्णको तिव्र तयारी गरेको नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए ।

यो संगै बाणगंगा नगरपालिकाले सम्पुर्ण नगरबासिहरुका लागि नआतिएर पुर्ण रुपमा लकडाउनको पालना गर्न आग्रह गरेको छ । यस्तै बाणगंगा नगरपालिकाकामा भारत बाट लुकिछिपी आउनेको संख्यामा बृद्धि भएपछि स्वास्थ्यकर्मीहरु लाई पनि स्ट्यान्डवाई राखिएको र थप बेडको संख्या बढाउन र्तफ लागिएको नगरपालिकाले जनाएको छ।

सम्बन्धित् समाचार