गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोना महामारीको असर कम गर्न भारतद्धारा २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा

कोरोना महामारीको असर कम गर्न भारतद्धारा २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा

प्रकाशित मिति:

भारतले कोरोना महामारीको असर कम गर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन् ।

यो प्याकेज भारतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन् । प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए । यो प्याकेज ल्याण्ड ९भूमि०, लेबर ९श्रम०, लिक्वीडिटी ९तरलता० जस्ता समस्या सम्बोधन गर्न ल्याइएको उनले बताए ।

आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको मोदीले सम्बोधनका क्रममा बताए ।

‘यो आर्थिक प्याकेज देशको श्रमिक र किसानका लागि हो जो, हर स्थिति, हर मौसममा देशवासीका लागि दिनरात परिश्रम गर्छन्, यो आर्थिक प्याकेज देशका मध्यमवर्गका लागि हो । जसले इमान्दारिताका साथ देशको विकासमा आफ्नो योगदान दिइरहेका छन् ।यो प्याकेज उद्योगीहरुको लागि हो जसले भारतको आर्थिक सामर्थ्य बुलन्द गरिदिएका छन्’ मोदीले भने ।

सम्बन्धित् समाचार