हरि घिमिरे वैखरी, बैशाख ३१
कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका टोलटोलहरुमा लकडाउन उलंघन गर्दै बाटो छेक्दै गरेको पाईएको छ । जिल्लामा भारत बाटा लुकि छिपी भित्रिनेको संख्या बढेपछि बाणगंगामा पनि थप सर्तकता अपनाउन नगरपालिकाले आग्रह गरेको थियो ।

सोहि अनुसार बाणगंगा नगरपालिकाका टोलटोलहरुमा स्थानियहरु अनावश्यक जम्मा हुने र बाटो छेक्ने क्रम बढेको हो । यसरि भिडभाडमा जम्मा भएर बाटो छेक्ने क्रमले सर्तकता होईन झन जोखिम बढेको स्थानिय बुद्धिजवि कुमार थापा रासकोटिको भनाई छ । उनका अनुसार सवैले आफ्नो जिम्मेवारि वहन गरेर घरमै बस्न सकेमा कोरोनाको माहमारि बाट जोगिन सक्निछ यद्यपी यसको अन्य विकल्प नभएको उनि बताउँ छन ।
त्यस्तै केहि टोलका स्थानियहरुले कपिलवस्तु सिल भएता पनि स्थानिय स्तरमा हिडडुल गर्ने मोर्निङ वाक गर्ने तथा एक घरबाट अर्को घरमा जाने जस्ता समस्या देखिएकाले बाटो नछेकि नहुने भएको दावि गरेका छन् ।









