गृहपृष्ठ Featured बाणगंगाको क्वारेन्टाइन कपिलवस्तुकै सबैभन्दा ब्यावस्थित , एसि देखि वाईफाई सम्म सुबिधा

बाणगंगाको क्वारेन्टाइन कपिलवस्तुकै सबैभन्दा ब्यावस्थित , एसि देखि वाईफाई सम्म सुबिधा

प्रकाशित मिति:

कपिलवस्तु जिल्लामा रहेका क्वारेन्टाइनहरू मध्य बाणगंगा नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाइन कक्ष सबैभन्दा ब्यावस्थित रहेको पाइएको छ । जिल्लाका पश्चिमी क्षेत्रमा रहेका क्वारेन्टाइनमा साझ बिहान खाना खाने समेत ब्यवस्था नरहेकोमा बाणगंगाको सिद्धार्थ क्याम्पसमा रहेको क्वारेन्टाइन कक्ष ब्यवस्थीत देखिएको हो ।

एसि कोठा, वाईफाइको ब्यवस्था र साझ बिहान खाना नास्ताको ब्यवस्था रहेको बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले बताए । बाणगंगाको क्वारेन्टाइनमा कुल ५५ जना पुगेका छन । यसैबिच आजै ९ जनालाई नेपाल भारतको सिमाबाट उद्धार गर्न बाणगंगाको टोली पुगेको छ । जसमध्य ४ जना बाणगंगा नगरपालिकाका रहेको र बाकी ५ जना अर्घाखाची जिल्लाका नागरिक रहेको नगर प्रवक्ता बिष्णु  पौडेलले बताए ।

सम्बन्धित् समाचार