कृष्णनगर । बैशाख , ३१
कपिलवस्तुमा थपिएका नयाँ संक्रमित कृष्णनगर नगरपालिकामा रहेको खुलेको छ । महेन्द्र मावि क्वारेनटाइनमा रहेका ८ जनामा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार आज कपिलवस्तुमा कोभिड – १९ थप ८ जना पोजेटिभ पुष्टि भएका कृष्णनगर नगरपालिका( महेन्द्र मा.बि.क्वारेन्टाइन )-वाड न. २ का बर्ष ४०,४०,४०,३२,४२पुरुष ५ जना र बर्ष ४२ की महिला १ जना, वाड न १ को बर्ष २९ को पुरुष १ र वाड न ११ को बर्ष २२ को पुरुष १ रहेका छन् ।
उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि भिम अस्पताल , भैरहवा पठाउने तयारी हुँदै छ ।
साथै उक्त क्वारेन्टाइनबाट २०७७/०१/२९ गते ५० जनाको नमुना सङ्कलन गरिएको थियो। सो मध्ये १६ नतिजामा ८ पोजेटिभ ८ नेगेटिभ र ३४ परीक्षणमा छ ।
दिउँसो कपिलवस्तु नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको थियो भने अहिलेको ८ थपिएर कपिलवस्तुमा कुल संक्रमितको संख्या ३८ पुगेको छ ।










