कपिलबस्तुमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन ६ वार्षिय बालिकामा संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उनि कपिलबस्तुको बाणगंगा नगरपालिकाको रहेकी छन् । उनी बाणगंगा ४ निवासि हुन संक्रमित बालिकाको हाल महाराजगन्ज शिक्षण अस्पताल काठमाडौमा उपचार जारी रहेको जनाईएको छ ।
सामान्य ज्वरो र घाँटी दुख्ने समस्या आएपछि बालिकालाई चार दिन अगाडि उपचारका निमित्त काठमाडौँ लगिएको बुझिएको छ । बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार संक्रमित बालिकाका परिवारका सदस्यहरूले दुधको ट्यान्कर मार्फत बालिकालाई चार दिन अगाडि काठमाडौं पुर्याएका थिए l
यस संगै कपिलबस्तुमा कोरोना संक्रमणको संख्या ३९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५0 पुगेको छ ।