गृहपृष्ठ Featured बाणगंगाकी ६ वर्षीय कोरोना संक्रमित बालिका यसरी पुगिन् काठमाडौं

बाणगंगाकी ६ वर्षीय कोरोना संक्रमित बालिका यसरी पुगिन् काठमाडौं

प्रकाशित मिति:

कपिलवस्तु , जेठ – १ / कपिलबस्तुमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन ६ वर्षकी बलिका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार उनी कपिलबस्तुको बाणगंगा नगरपालिकाकी रहेकी छन् । उनी बाणगंगा ४ निवासी हुन् । संक्रमित बालिकाको हाल महाराजगन्ज शिक्षण अस्पताल काठमाडौँमा उपचार जारी रहेको जनाईएको छ ।

सामान्य ज्वरो र घाँटी दुख्ने समस्या आएपछि बालिकालाई चार दिन अगाडि उपचारका निमित्त काठमाडौँ लगिएको बुझिएको छ ।  संक्रमित बालिकाका परिवारका सदस्यहरूले दूधको ट्याङ्कर मार्फत बालिकालाई चार दिन अगाडि काठमाडौं पुर्याएकाेे स्थानीयलाई उद्धृत गर्दै बाणगंगा नगर स्वास्थ्य प्रमुख ठगराज पौडेलले जानकारी दिएका छन्  ।

l बालिकालाई आमा र हजुरबुवाले लगेको  जनाइएको छ । बालिकाका बुवा रोजगारीका लागि भारत छन् । उनलाई कपिलवस्तुमै कोरोना संक्रमण लाग्यो या काठमाडौँ पुगेर ? यो भने खुलेको छैैन ।

यससंगै कपिलबस्तुमा कोरोना संक्रमणको संख्या ३९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

 

सम्बन्धित् समाचार