गृहपृष्ठ Featured कपिलवस्तुका २ नगरपालिका बाहेक सबैतिर फैलियो कोरोना , हेर्नुस् पछिल्लो विवरण

कपिलवस्तुका २ नगरपालिका बाहेक सबैतिर फैलियो कोरोना , हेर्नुस् पछिल्लो विवरण

प्रकाशित मिति:

जेठ – १ , कपिलवस्तु ।
नेपालका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलँदै गएको छ । नेपालमा हालसम्म २५० जना संक्रमित पहिचान भएका छन् भने ३४ जना उपचार पछि निको भएका छन् । कपिलवस्तु जिल्ला देशमा धेरै सङ्ख्याको हिसाबले दोस्रो स्थानमा परेको छ । ४० जना संक्रमित कपिलवस्तु जिल्लामा छन् । पहिलो जिल्ला भने पर्सा रहेको छ जहाँ ८५ जना संक्रमित भेटिएका छन् ।

कपिलवस्तु जिल्लामा देखिएका ३९ संक्रमितको ठेगाना स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ भने १ जना विजयनगर नगरपालिकाका संक्रमितको पहिचान भने जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उनको भैरहवामा स्वाब संकलन गरिएको र भीम अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तु जिल्लामा २ नगरपालिका बाहेक सबैतिर संक्रमण फैलिएको छ । हेर्नुस् पूरा विवरण :

सम्बन्धित् समाचार