गृहपृष्ठ Featured कपिलवस्तुमा बाटाे निकासको विवाद हुँदा एक युवकको मृत्यु

कपिलवस्तुमा बाटाे निकासको विवाद हुँदा एक युवकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुमा बाटोको निकासको विवाद हुँदा एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका वडा नं. ४ गुलरी गाउँमा बाटोको विषयमा दुई परिवारबीच झगडा भएको थियो । सो झगडामा घाइते भइ उपचारका लागि बुटवल लगिएका स्थानीय २८ वर्षीय ओम प्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झगडामा घाइते भएका अन्य २ जनाको बुटवलमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको अरोपमा गुलरीका करीब ७० वर्षीय दुलारे अहिर र ४५ वर्षीय बलिकरण यादवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खरेलले बताए । गाउँ नजीकैका खेतमा गाडा लगेका विषयमा सामान्य विवादपछि यादव परिवारबीच झगडा भएको शिवराज– ४ का वडाध्यक्ष सफिक अहम्मद मुसलमानले जानकारी दिए । घटनामा ६ जना सामान्य घाइते भएका छन् ।

सम्बन्धित् समाचार