कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्थानीय प्रशासनको निशेधाज्ञा (जिल्ला सिल) तोड्दै महिलाहरु नारावाजीमा उत्रिएका छन् । बाणगंगाको गजेहडामा चौकी घेराउ गर्न स्थानिय पुगेको हुन । बाणगंगाको गजेहडाका ३ वालिकालाई यौन दुराचार गर्ने २ जना मध्ये एकजना अदालतवाट कुनै सजाय विना छुटेपछि पीडित परिवार सहित स्थानीय महिलाले प्रहरी चौकी गजेहडा घेराउ गरी नारावाजी हुन ।
बुधवार जिल्ला अदालत कपिलवस्तुका न्यायधिस लोकजंग शाहले अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावको जिम्मा लगाई छाड्ने आदेश दिएका थिए । सोही अनुसार पीडक मानिएका किशोर छुटेर गाउमै आएपछि ती बालिका असुरक्षित भएको भन्दै न्यायको माग सहित प्रहरीमा घेराउ गरेका हुन ।
कपिलवस्तुको बाणगंगामा बालयौन दुराचारीलाई बचाएको भन्दै प्रहरी चौकीमा तालाबन्दी









