गृहपृष्ठ Featured फौजी किराले अर्घाखाचीको सितगंगामा मकैबाली सखाप

फौजी किराले अर्घाखाचीको सितगंगामा मकैबाली सखाप

प्रकाशित मिति:

सन्धिखर्क : फौजी किराले मकै बाली सखाप पार्न थालेपछि सितगंगा नगरपालिकाका किसानहरु चिन्तित बनेका  छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारी काँक्रो, लगायतका सबै बाली नष्ट पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् ।  सितगंगा नगरपालिकाको वडा नम्बर ७, ८, ९ र ११ मा किराले मकै बालीमा असर पारेको छ । ती क्षेत्रमा एक हजारभन्दा बढी क्षेत्रफलमा लगाएको मकैबालीमा फौजी किरा लागेको हो ।

फौजी किराले मकै सखाप पार्न थालेको किसानहरुको गुनासो बढेपछि  नगरपालिकाको कृषि शाखाबाट अनुगमन गरी विवरण संकलन गरेको सितगंगा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अर्जुन गौतमले बताए ।

नगरपालीकाको कृषि शाखाको टोली फिल्डमै गएर फौजी किराको प्रकोप देखिएका वडामा केही किटनाशक औसधि छर्किएको छ ।  कृषकलाई फौजी किरा नियन्त्रणको घरेलु विधि प्रविधि बारे जानकारीसमेत दिएको  प्रमुख प्रसासकीय अधिकृत गौतमले जानकारी दिए ।

सितगंगा नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार स्थानीय स्तरमा प्रयाप्त मात्रामा औषधि नहुँदा परीक्षणको लागि स्थानीय मेडिकलबाट केहि मात्रामा औषधि छर्किएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा नगरपालिकाले औषधि खरीद गरेर छर्कने योजना बनाएको छ

साभार

सम्बन्धित् समाचार