गृहपृष्ठ खबर विराटनगरको कोरोना अस्पतालबाट थप एक जना डिस्चार्ज

विराटनगरको कोरोना अस्पतालबाट थप एक जना डिस्चार्ज

विराटनगरको कोरोना अस्पतालबाट थप एक जना डिस्चार्ज भएका छन्। भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान डिस्चार्ज भएका अस्पतालले जनाएको छ। बिहीबार डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा हुँदा संक्रमण देखिएको थियो ।

उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको विराटनगर कोभिड अस्पतालका मेडिसिन विभागका प्रमखु दीपक सिग्देलले जानकारी दिए। सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ। यसअघि १६ जना डिस्चार्ज भएका थिए। अस्पतालमा अब १८ जना उपचाररत छन्।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो। उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो।

सम्बन्धित् समाचार