विराटनगरको कोरोना अस्पतालबाट थप एक जना डिस्चार्ज भएका छन्। भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान डिस्चार्ज भएका अस्पतालले जनाएको छ। बिहीबार डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा हुँदा संक्रमण देखिएको थियो ।
उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको विराटनगर कोभिड अस्पतालका मेडिसिन विभागका प्रमखु दीपक सिग्देलले जानकारी दिए। सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ। यसअघि १६ जना डिस्चार्ज भएका थिए। अस्पतालमा अब १८ जना उपचाररत छन्।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रदेश १ मा ३५ जनामा संक्रमण देखिएको थियो। उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जनामा संक्रमण देखिएको थियो।