जेठ १ कपिलवस्तु
कपिलवस्तुका प्रदेश सभा सदस्य बिष्णु पन्थीले कपिलवस्तु जिल्लाका व्यवसायिक तरकारीखेती गर्ने किसानहरूलाई उपेक्षा गरेको प्रती असन्तुष्टि व्याक्त गरेका छन ।
आज बसेको प्रदेश ५ मन्त्री परिषदको बैठकले व्यवसायिक तरकारी उत्पादन गर्ने किसानहरूलाइ १४ करोड बराबरको अनुदान दिने निर्णय गरेको थियो यो कार्यक्रम प्रदेश ५ का विभिन्न जिल्लाहरूमा लागू हुने भनिए पनि प्रदेश ५ मा ठूलो मात्रामा व्यावसायिक तरकारी खेती गर्दै आएका कपिलवस्तुका किसानहरूलाइ भने प्रदेश ५ सरकारले उपेक्षा गरेको छ ।
व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने छ भने ७ हजार लाभान्वित हुने छन् । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने छ । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने छ । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने अनुमान गरेको छ ।









