चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि कपिलवस्तुमा आवागमन रोकिएको छैन। नेपाल र भारत सिमा नाकाबाट दिनहु जसो सयौंको संख्यामा जिल्लाभित्र छिर्ने क्रम बढेपछि कपिलवस्तुवासीले असुरक्षित महसुस गरिरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ । त्यस्तै अन्य विज्ञले पनि भने पीसीआर परीक्षणको दायरा बढाउने हो भने कपिलवस्तुमा संक्रमितको संख्या बढ्ने निश्चित छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. देवकोटाले सचेत रहन आग्रह गरेका हुन्।
‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन् । सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने। जिल्लामा निषेधज्ञा जेठ ५ गतेसम्म जारी भएता पनि भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गर्नेको सख्या भने बढ्दो छ । जिल्लामा भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेको सख्यालाई प्रशासनले नियन्त्रण गर्न असक्षम जस्तै देखिएको छ । हाल जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ ।
कोरोनाको संक्रमण जिल्लामा ६ वर्षिय बालिका देखि सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत देखिएको छ । कतिपयले जिल्लामा समयमै परिक्षणको दायरा विस्तार नगर्ने हो भने कोरोनाको संक्रमणले भयावह स्थिति सिर्जना गर्ने आंकलन समेत गरेका छन् ।