गृहपृष्ठ खबर तरकारीको गाडीलाई अवरोध गरेपछि किसानले सडकमै फ्याँके तरकारी

तरकारीको गाडीलाई अवरोध गरेपछि किसानले सडकमै फ्याँके तरकारी

प्रकाशित मिति:

रुपन्देही जिल्ला  सुद्धोधन १ बेलवाका किसानले उत्पादन गरेको तरकारी बुटवल लैजाने क्रममा सैनामैना नगरपालिकाको कुस्महा भन्ने ठाउँमा अवरोध  गरिए पछी  आक्रोशित बनेका किसानहरूले सडकमै तरकारी फ्यांकेका छन  l

लामो समय श्रम र आर्थिक लगानी गरेर उत्पादन गरिएको तरकारी प्रदेश नम्बर ५ को राजधानी बुटवल स्थित गोदाममा लैजाने क्रममा तरकारी बोकेको गाडीलाई अवरोध गरिएको किसानहरूको भनाइ छ l

प्रदेश ५ सरकारले हिजो मात्र  कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो  । उक्त कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैयाँ साउन मसान्तसम्म खर्च गर्ने  प्रदेश  सरकारको लक्ष्य छ ।
करोडौ रूपैँया अनुदान प्रदान गरेर कृषि उपजको उत्पादन बढाउने लक्ष्य राखेको प्रदेश सरकारले किसान आँफैले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्न असमर्थ देखिएको हो l
भिडियो हेर्नुहोस्

सम्बन्धित् समाचार