गृहपृष्ठ Featured तीन दिनमा भारतबाट १२ सय भित्रिए

तीन दिनमा भारतबाट १२ सय भित्रिए

प्रकाशित मिति:

भारतमा रहेका नेपालीलाई फिर्ता ल्याउने र नेपालमा रहेका भारतीयलाई घर जान दिने नीति अनुरुप बिहीबार एकैदिन नानपारा क्वारेन्टाइनमा रहेका चार सय ४६ सहित सात सय १४ नेपालीलाई स्वदेश फिर्ता गरिएको हो। क्वारेन्टाइनमा रहेका सबै भारतीयको कोरोना परीक्षण गरेर पठाइएको छ।

भारतमा रहेका नेपालीको कोरोना परीक्षण नगरिएकाले सीमा नाकाबाट प्रवेश गर्ने बेलामा सबैको कोरोना परीक्षण गरिने भएको छ। बिहीबार राति ८ बजेसम्म स्वेदश फिर्ताको चरणमै थिए। उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लाका सबै जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाब संकलन गरिने र बाहिरी जिल्लाका सर्वसाधारणलाई भने आरडीटीबाट कोरोना परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाउने व्यवस्था मिलाएको बताए। बाँकेका सबै जनालाई महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा १४ दिन राखिनेछ।

नेपालीलाई स्वदेश फिर्ता ल्याउन दिएसँगै बिहीबार नै बाँके जिल्लामा रहेका झन्डै एक हजार भारतीय नागरिकलाई पनि घर जान दिइएको थियो। बाँकेका विभिन्न क्वारेन्टाइनमा एक सय ६८ जना मात्र भारतीय रहे पनि घर जान पाउने भनेपछि नेपालगन्जलगायत जिल्लाका विभिन्न स्थानीय तहमा बसेका ठूलो संख्यामा भारतीयहरु सीमा नाकामा पुगेका थिए।

सम्बन्धित् समाचार