कपिलवस्तुका जिल्लाका सांसद विरेन्द्र कनौडियालाई चितवन प्रहरीले जहाबाट आएको हो, उतै जानु भनी फर्काएको छ । लकडाउन उलंघन गरेको भन्दै सासंद कनोडीयोलाई चितवन प्रहरीले कपिलवस्तुनै फिर्ता पठाएको हो । प्रदेश ५ का प्रदेशसभा सदस्य वीरेन्द्र कनौडियालाई प्रहरीले शुक्रबार बिहान फर्काइदिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले नारायणी पुलबाट कनौडियालाई फर्काइदिएको जानकारी दिएका छन ।
प्रशासनका अनुसार, कनौडिया सवारी अनुमतिपत्र नलिई आएका थिए । उनलाई सम्झाएर पठाएको सिम्खडाले बताए । लकडाउनलाई कडाइका साथ लागू गरिएको चितवन प्रशासनले जनाएको छ । प्रशासनका अनुसार, दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् ।









