गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतीय सेना प्रमुखद्धारा नेपालले भूमि मिचिएको विषय अरुको इसारामा उचालेको आरोप

भारतीय सेना प्रमुखद्धारा नेपालले भूमि मिचिएको विषय अरुको इसारामा उचालेको आरोप

भारतका सेना प्रमुख मनोज नरवानेले नेपालले लिपुलेकमा भूमि मिचिएको विषय अरुको इसारामा उचालेको हुन सक्ने आरोप लगाएका छन् ।  भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिङ्क ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ् डिफेन्स स्टडिज एण्ड एनालाइसिस आइडीएसएले गरेको कार्यक्रममा उनले नाम उल्लेख नगरि नेपालले लिपुलेकको मुद्दा अरु कसैको इसारामा उचालेको आरोप लगाएका हुन् ।

उनले नेपाली भूमि काली नदी पूर्व रहेको तर भारतले बनाएको बाटो पश्चिममा रहेको दाबी गर्दै भारतले बनाएको सडकबारे नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् । सेना प्रमुख नरवानेले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि छोटो भएकाले यसमा कुनै विवाद नरहेको धारणा राखे ।

भारतले गएको हप्ता नेपाली भूमि हुँदै निर्माण गरेको ८० किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ । तर भारतले भने सडक आफ्नै भूमिमा बनेको दाबी गर्दै आएको छ ।

विस्तृतमा पढ्न यहाँ जानुहोस्–https://www.thehindu.com/news/national/new-kailash-mansarovar-road-nepal-may-have-raised-issue-on-someone-elses-behest-says-army-chief/article31590732.ece?homepage=true

सम्बन्धित् समाचार