जेठ ३ कपिलवस्तु
कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, २४ र ४४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनिहरूको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि कोरोना बिशेश अस्पताल बेल्झुन्डि , दाङ पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।