गृहपृष्ठ अन्तरास्ट्रिय खबर उत्तर प्रदेशमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा २४ मजदुरको मृत्यु, दर्जंनौँ घाइते

उत्तर प्रदेशमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा २४ मजदुरको मृत्यु, दर्जंनौँ घाइते

भारतको उत्तर प्रदेशको ओरैया जिल्लामा शनिबार बिहान दुई वटा ट्रक एकापसमा ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ओरैया र सैफाईका अस्पतालमा उपचार भइरहेको छ ।

ओरैयाका एएसपी कमलेशकुमार दीक्षितका अनुसार राजस्थानबाट आइरहेको ट्रक र दिल्लीबाट आइरहेको ट्रक ठोक्किएका हुन् । राजस्थानबाट निर्माण सामग्री लिएर आएको ट्रकमा झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुर थिए । मजदुरहरुले चिया खानका लागि राजस्थानबाट आएको ट्रक मिहौलीमा रोक्न लाग्दै गर्दा दिल्लीबाट आएको ट्रकले ठक्कर दिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले सरकार राहत कार्यमा तत्परताका साथ जुटिरहेको जानकारी दिएका छन् । त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा पीडित सबैलाई हरसम्भव राहत उपलब्ध गराउने उल्लेख गर्दै दुर्घटनाका बारेमा छानबिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको बताएका छन् ।

सम्बन्धित् समाचार