कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको छ उनिहरू दुबै जना बालिका संगै काठमाडौ गएका थिए ।
अस्पताल श्रोतलाइ उदृत गर्दै स्थानीय युवा मिलन चालिसेले दिनु भएको जानकारी अनुसार रिपोर्ट नेगेटिभ आएको हो ।
गत विहीबार बालिकालाई काठमाडौं उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।