गृहपृष्ठ खबर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेमा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेमा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ । घर भाडामा बस्‍ने तथा दिउँसो ड्युटी गरेर फर्कने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोक्‍ने र घरबाटै निस्कन धम्की दिने जस्ता गुनासो आएको भन्दै गृहले त्यसप्रति आफ्‍नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यस्ता किसिमका अमानवीय घटना भएमा तत्काल संलग्‍नमाथि कारबाही गर्न निर्देशन दिइएको बताए । सरकारले लकडाउन लगाएयता विभिन्‍न जिल्लामा कोठा भाडामा बसेकालाई निस्कन दबाब दिने,कामबाट बेलुका घर फर्केकालाई प्रवेश नदिने,बाटोमा अनाधिकृत रुपमा प्रवेश निषेध भन्दै बार लगाउने जस्ता गतिविधि तत्‍काल नियन्त्रण गर्न देशभरका प्रशासन कार्यालाई निर्देशन दिएको पनि प्रवक्ता शर्माले बताए ।

यस्ता गतिविधिमा संलग्नहरुलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्न सकिने व्यवस्था छ ।

सम्बन्धित् समाचार