गृहपृष्ठ Featured कपिलवस्तु २० गते सम्म सिल , अब हप्ताको ३ दिन मात्र खाद्य पसल खुल्ने

कपिलवस्तु २० गते सम्म सिल , अब हप्ताको ३ दिन मात्र खाद्य पसल खुल्ने

कोरोना संक्रमणको जोखिम बढे संगै   बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरी १५ दिनलाई जिल्लालाई सिल गरेको छ । यो संगै अब कपिलवस्तु जिल्ला  जेठ २० गते सम्म  सिल हुने भएको छ  ।

यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ । अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिवार बिहान ७ देखि ९ बजे  सम्म  मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ l

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सिल गरिएको हो । अब पासमा समेत कडाई गरिने छ ।

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो । जेठ २० गते मध्यरातसम्म जिल्लालाई सिल गरिएको हो ।

जिल्लाका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा ४३ जना कोरोना संक्रमति भेटिएका छन् ।

सम्बन्धित् समाचार