कपिलवस्तु नगरपालिकाले नगरपालिका क्षेत्रका क्वारेन्टाइनमा बसेकाको कोरोना संक्रमण परीक्षणका लागि पीसीआर टेष्ट गर्ने भिटिएम १ हजार किट खरिद गर्ने भएको छ । प्रदेश सरकारबाट क्वारेन्टाइनमा बसेका सर्वसाधारणको स्वाब परीक्षणका लागि भिटिएमलगायत आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु नपाउँदा नगरपालिकाले आफ्नै स्रोतबाट सो सामाग्री खरिद गर्न लागेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए ।
यसका लागि पटक पटक प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्दा पनि नपाएपछि बाध्य भई नगरपालिकाबाटै खर्च व्यहोर्ने गरी किट गरिद गर्न लागिएको नगर प्रमुख सिंहले बताए ।
खरिद गरिएका किटबाट नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३७ वटा क्वारेन्टाइनमा रहेका करीब १ हजार जनाको कोरोना परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।