गृहपृष्ठ अन्तरास्ट्रिय खबर भारतमा कोरोेना सङ्क्रमण हुने र ज्यान गुमाउनेको दर पनि बढ्दै

भारतमा कोरोेना सङ्क्रमण हुने र ज्यान गुमाउनेको दर पनि बढ्दै

भारतमा कोरोेनाको नयाँ सङ्क्रमण हुने र ज्यान गुमाउनेको दर पनि बढ्दै गएको छ ।
भारतमा २४ घण्टामा साढे ४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएको र १ सय ३१ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३ सय २८ पुगेको छ । अहिलेसम्म ३ हजार १ सय ५६ जनाकोे ज्यान गएको छ ।

 

पछिल्लो २४ घण्टामा मात्रै १ सय ३१ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । भारत सरकारले भने अहिलेसम्म ९६ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको पुष्टि गरेको छ ।

वर्ल्डओमिटरका अनुसार विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा धेरैमा कोरोना देखिएकोमा १९ लाख ७ हजारभन्दा धेरै निको भएका छन् । उपचार गराइरहेका २६ लाख ६३ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४४ हजार जनाको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । ३ लाख २० हजार जनाको भने ज्यान गएको छ ।

सम्बन्धित् समाचार