प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई चेतनास्तर विकास गर्न नसक्दा कोरोना समस्या भयावह अवस्थामा पुग्ने खतरा बढेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’
पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे ।








