गृहपृष्ठ खबर अब कोरोनाको स्वइच्छाले पैसा तिरेर परीक्षण गराउन पाइने

अब कोरोनाको स्वइच्छाले पैसा तिरेर परीक्षण गराउन पाइने

अब कोरोनाको लक्षण नदेखिएपनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ ।स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो परीक्षण गराउँदा व्यक्तिको गोपनीयता भनेअस्पतालहरुले कायम गर्नुपर्ने बताए ।

यस्तै सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित् समाचार