सरकारले प्रदेश नम्बर ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय गरेको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोनाको लक्षण नदेखिएपनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको बताउँदै प्रदेश नम्बर ५ र २ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय भएको जानकारि दिएका हुन ।
स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहाने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको पनि उनले बताए ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले यस्तो परीक्षण गराउँदा व्यक्तिको गोपनीयता भनेअस्पतालहरुले कायम गर्नुपर्ने बताएका छन।