गृहपृष्ठ Featured कपिलवस्तुकी संक्रमित स्टाफ नर्सको एक सातामै रिपोर्ट नेगेटिभ, नर्सले कारोनालाई जितिसकेको डाक्टरको भनाइ

कपिलवस्तुकी संक्रमित स्टाफ नर्सको एक सातामै रिपोर्ट नेगेटिभ, नर्सले कारोनालाई जितिसकेको डाक्टरको भनाइ

प्रकाशित मिति:

कपिलवस्तु जेठ ६ ,

आठ दिन अघि कोरोना संक्रमित पुष्टी भएकी कपिलवस्तु अस्पतालमा कार्यरत २५ बर्षिया स्टाप नर्सको  पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत बैशाख २७ गते उनी सहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्वाब संकलन गरिए पछि नर्सं सहीत ८ जना कोरोना पोजेटिभ देखिएका थिए ।

अस्पतालको आईसोलेनमा उपचारत नर्सको दाश्रोे पटक गत जेठ  १ र तेश्रो पटक गत जेठ ४ गते पुनः स्वाब सकलन गरी प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवा पठाईएको थियो । अहिले दुबै रिपार्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षत्रीले बताए । ‘ नर्सको अवस्था सामान्य छ र अहिले पनि उनीमा कोरोनाको कुनै लक्षण देखिएको छैन ’ उनले भने ।

कोरोना संबन्धी बिश्व स्वास्थय संगठनले जारी गरको निर्देशिका र मापदण्ड अनुसार अहिले नर्स पुर्णरुपमा निकै भएको डाक्टर क्षेत्रीले बताए । आईसोलेनमा राखेको १४ दिन पुगे पछि नर्सलाई घर फर्काइने उनले बताए । अस्पतालको प्रसुति शाखा र बार्डमा कार्यरत नर्सलाई कसरी कोरोना सरेको भन्ने अझै पत्ता नलागेका उनले बताए । लकडाउनमा तौलिहवा रहेको घरबाट आउजाउ गर्थिन । आईसोलेनमा रहेकी नर्सलाई अब छिट्टैै काममा फर्काउने उनले बताए । नर्ससंग नजिक रहेर काम गरको तथा नर्सका परिवार गरी १ सय ११ जना कै रिपोर्ट नेगेटिभ आए पछि बुधवार देखि कपिलवस्तु अस्पताल नया ढंगले संचालन गरिने भएको छ ।

नर्स संक्रमित भए पछी गत शुक्रवारबाट सेवा बन्द छ । अस्पतालको मंगलबार पुर्ण निर्मलीकरण गरिएकाले बुधवार देखि सेवा प्रारम्भ गरिने डाक्टर क्षेत्रीले बताए । संक्रमणलाई मध्यनजर गर्दै फोन मार्फत प्रि बुकिङ गरी ओपीडी लगायका सेवाहरु दैनिक ४० जनालाई सेवा दिने गरी निर्णय भएको उनले बताए । एक बिरामीको एक कुरुवा मात्र राख्न दिने तथा आकस्मिक र प्रसुती सेवा चोबिसै घन्टा खुला रहेको छ । प्री बुकिङकालागि बिहान ८ बजे देखि दिउसो ४ बजे सम्म ९८२१५६८३१४, ९८५७०५१०५४ मा संपर्क गर्न आग्रह गरिएको छ।

सम्बन्धित् समाचार