गृहपृष्ठ खबर रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्ने चिकित्सकमा नै कोरोना संक्रमण देखियो

रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्ने चिकित्सकमा नै कोरोना संक्रमण देखियो

प्रकाशित मिति:

इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाबाट कपिलवस्तु तथा रुपन्देहीमा स्वाब संकलनका लागि गएर फर्किएका एकजना चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्न गएका विभागमा कार्यरत उनमा संक्रमण रहेको पाइएपछि उनको सम्पर्कमा आएका अन्य ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

‘एकजना हाम्रो स्टाफमा देखिएको हो । उहाँ विभागबाट इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखामा काजमा खटिनुभएको थियो ।’ उनले स्वाब संकलन गर्ने तथा फिल्डमा खटिने चिकित्सकहरु सबैभन्दा बढी जोखिममा रहेको बताउँदै उनको अवस्था भने सामान्य रहेको जानकारी दिए ।

सोमबार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसमध्ये ५ जना संक्रमित काठमाडौं उपत्यकामा नै फेला परेका थिए । ती मध्ये एक ललितपुर निवासी चिकित्सक भएको स्रोतले दाबी गरेको छ ।

सम्बन्धित् समाचार