गृहपृष्ठ Featured भारतले मिचेको भू भाग समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

भारतले मिचेको भू भाग समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

नेपालको नयाँ नक्सा आज सार्वजनिक हुँदैछ ।
भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भएको हो । नेपाल टेलिभिजन मार्फत लाइभ गरेर नक्सा सार्वजनिक गरिने भूमि मन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने बताएका छन् । भारतले भने यो भुमि आफ्नो भएको दावी गर्दै सडक बनाइसकेको छ ।

सम्बन्धित् समाचार