सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।
ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमाु भन्दै नक्सा सार्वजनिक गर्ने कदमलाई मन्त्री अर्यालले “यो युगको सर्वाधिक “उत्कृष्ट क्षणु भनेकी छन्।
उनले यसअघि छुटेको भूमिलाई समेत यस नक्सामा समेटेको बताइन्। यसअघि प्रचलनमा भएको नक्सा विक्रम सम्वत् २०३२ सालमा बनाइएको बताइन्छ। जतिखेर लिम्पियाधुरालाई विवादित भूमि मान्दै त्यसबाहेकको भूमिलाई नेपालको नक्सामा समेटिएको नापी विभागका पूर्व अधिकारीहरूले बताउने गरेका छन्।
नयाँ नक्सामा गुन्जी, नाभी र कुटी गाउँ अब नेपालको सिमानाभित्र परेको मन्त्री अर्यालले बताइन्। उनले थपिन्स् “यस कदमलाई भारतले समेत सकारात्मक रूपमा लिनेछ भन्ने आशा गरेकी छु।”उनले अबउप्रान्त सबैलाई अद्यावधिक गरिएको यस नक्सा प्रयोग गर्न आग्रह गरिन्।