प्रदेश सांसद विष्णु पन्थीले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

रातदिन नभनी बीरामीको सहयोगमा खटिने एम्बुलेन्स चालकहरु यो महामारीको समयमा निकै असुरक्षित भएको कारण केही सुरक्षा होस भन्ने उद्देश्यका साथ कपिलवस्तुका एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको सांसद पन्थीले बताए ।
चुनौतिका बिच खटिरहेका एम्बुलेन्स चालकहरुलाई शुरक्षित गर्नु आफ्नो दायित्व रहेको उनको भनाई छ । शुरक्षाको स्वास्थ्य सामग्रीमा पिपिइ, सेनेटाइजर, माक्स, चस्मा लगायतका सामग्री वितरण गरिएको थियो ।
यस्तो महामारीको बीचमा पनि बिरामीहरुको सेवामा खटिने चालकहरुलाई ढुक्कका साथ शुरक्षित भएर सेवामा खटिन पन्थीले आग्रह गरेका छन ।
बााणगंगाका एम्बुलेन्स चालकहरु काममा ब्यस्त भएका कारण शुरक्षाका स्वास्थ्य सामग्री नगरपालिका लाई हस्तान्तरण गरेका हुन ।त्यस्तै सांसद पन्थीले मायादेवी गाँउपालिका र शुद्वोधन गाँउपालिकाका एम्बुलेन्स चालकहरुलाई बुधवार स्वास्थ्य शुरक्षा सामग्री प्रदान गरेका छन् । समय अनुसार जिल्लाका सम्पूर्ण स्थानीय तहहरुका एम्बुलेन्स चालकहरुलाई शुरक्षका सामग्रि प्रदान गरिने जनाईएको छ ।










